२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रुख कटान गरी बेचविखन गर्दा रकम हिनामिना, तीन जनाविरुद्ध मुद्दा

Nada
२०८३ असार १ गते १७:५८
Shares
रुख कटान गरी बेचविखन गर्दा रकम हिनामिना, तीन जनाविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसमेत तीन जनाविरुद्ध सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको  अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ncell

वन उपभोक्ता समितिका पदाधिकारीले आर्थिक वर्ष २०७८/०७९ मा रुख कटान गरी बेचविखन गर्दा रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।

साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतारा, सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दलबहादुर बुढाको मिलेमतोमा अनियमितता भएको जनाउँदै  अध्यक्ष महतारा, सचिव पौड्याल र कोषाध्यक्ष बुढाविरुद्ध समान रु सात लाख १५ हजार नौ सय १९ बराबरको बिगो कायम गरी आयोगले मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरेको छ ।

सम्बन्धित खबर