
काठमाडौँ : सेफ सन्तोष साह हाजिरी जमानीमा छुटेका छन् । ठगी सम्बन्धी कसुरमा बिगो रकम पीडितको खातामा डिपोजिट गरेपछि उनलाई हाजिर जमानीमा थुनमुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
जेठ ३० मा पक्राउ परेका साहमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट ३ दिनको म्याद लिएको थियो । साहले ४ लाख ५० हजार बिगो रकम पीडितको खातामा जम्मा गरेका हुन् ।
आर्जव होल्डिङ प्रालिलाई उनले दिएको २५ लाखको चेक नसाटिएको बैंकिङ कसुरको मुद्दा फैसला भएको र अदालतमा उपस्थित हुने म्याद बाँकी नै रहेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ ।
बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतले बिगो भराएर १ महिना कैद सजाय हुने फैसला गरेको थियो । सो फैसला उपर पुनरावेदन पनि गर्न सकिने कानुनी व्यवस्था छ ।