२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कांग्रेसको प्रश्न - जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?

Nada
२०८३ असार २ गते १४:३३
Shares
कांग्रेसको प्रश्न - जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?

काठमाडौँ : नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले संसदीय समितिहरूको काम प्रभावकारी भए पनि संसद्को गरिमा कायम राख्ने विषयमा अझै सुधार आवश्यक रहेको बताएकी छन् ।

ncell

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले समितिका छलफलमा मन्त्रीहरूको नियमित उपस्थिति नहुनु र सांसदहरूले उठाएका विषयमा पर्याप्त जवाफ नपाउने अवस्था देखिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

उनले सांसदहरूले जनसरोकारका विषयमा प्रश्न उठाए पनि सम्बन्धित निकायबाट अपेक्षित जवाफ नआउँदा संसदीय अनुगमन प्रक्रिया कमजोर हुने बताइन् ।

दुई तिहाइ समर्थनसहित बनेको सरकारले ल्याएको बजेटमा अपेक्षित नयाँपन नदेखिएको टिप्पणी गर्दै उनले स्वास्थ्य, शिक्षा र पूर्वाधारका योजनाहरू अझै पनि सहरी क्षेत्र केन्द्रित रहेको बताइन् । दुर्गम तथा ग्रामीण क्षेत्रका आवश्यकता बजेटमा पर्याप्त रूपमा सम्बोधन हुन नसकेको उनको भनाइ थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले ठेकेदारलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति समेत थापाले आपत्ति जनाइन् । जिम्मेवार पदमा रहेका व्यक्तिबाट कानुनी प्रक्रियाभन्दा बाहिर गएर कारबाहीको भाषा प्रयोग हुनु उचित नभएको उनको भनाइ थियो ।

थापाले मन्त्रीको उक्त अभिव्यक्ति आवेगमा आएको हो वा सोचविचार गरेर भनिएको हो भन्नेबारे स्पष्टता आवश्यक रहेको बताइन् । उनले समस्या समाधानका लागि नियम र कानुनअनुसार प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिइन् ।

सम्बन्धित खबर