२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

६० हजार घुससहित चाबहिल नापीका अमिन खत्री पक्राउ

Nada
२०८३ असार २ गते २०:३०
Shares
६० हजार घुससहित चाबहिल नापीका अमिन खत्री पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिल अन्तर्गतको २ नं नापी टोलीमा कार्यरत अमिन टोप जङ खत्रीलाई ६० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।

ncell

खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पुर्जा बनाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरेको उजुरी आयोगमा परेको थियो । सोही सूचनाका आधारमा टंगालबाट खटिएको आयोगको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खत्रीलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ माकालवारीस्थित कार्यालय परिसरबाटै मंगलबार नियन्त्रणमा लिइएको हो ।

खत्रीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

सम्बन्धित खबर