
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले डोजर चलाएर बेघरबार बनाएर सुकुम्वासीहरूलाई उनीहरू बसेको पुरानै ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले डोजर आतंकबाट विस्थापित भएका सुकुम्बासीहरूले होल्डिङ सेन्टरमा खाना र पानीको समेत अभाव झेलिरहेको उल्लेख गर्दै उनीहरूलाई राहत दिने र पुनर्वासको तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराए ।
सुकुम्वासीहरूले आफूहरू पहिला बसेको ठाउँमा नै सिटी प्लान गरेर पुनर्वास गराउँदा राम्रो हुने भनेकाले सरकारले उक्त कुरा अनुसार नै काम गरे हुने अध्यक्ष साम्पाङको भनाइ थियो । उनले प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेडर्कबाट नहटेसम्म आफूहरूको विोध संसदमा जारी रहने पनि स्पष्ट पारे ।
अध्यक्ष साम्पाङले सहर व्यवस्थापनका लागि विनियोजन गरेको बजेट सुकुम्वासीहरूको पुनर्वासका लागि खर्च गर्न सरकारलाई सुझाव पनि दिए ।