२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सामाजिक सञ्जालमा महिला सांसदबारे भइरहेको प्रचारप्रति संसदमा आपत्ति

Nada
२०८३ असार ३ गते १३:२०
Shares
सामाजिक सञ्जालमा महिला सांसदबारे भइरहेको प्रचारप्रति संसदमा आपत्ति

काठमाडौँ : नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सामाजिक सञ्जालमार्फत हुने अपमानजनक प्रचार र साइबर बुलिङ नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् ।

ncell

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सभामुखसँग महिला सांसदहरूले सामान्य व्यवहार गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न किसिमका टिप्पणी र प्रचार भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन्। उनले यस्ता गतिविधिले महिला सांसदहरूलाई असहज बनाएको धारणा राखिन् ।

उनले पछिल्लो समय डिजिटल माध्यमबाट हुने दुर्व्यवहार बढ्दै गएको उल्लेख गर्दै सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूलाई लक्षित गरी हुने यस्ता गतिविधि रोक्न आवश्यक कदम चाल्नुपर्ने बताइन् ।

सांसद बरालले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको अवस्थामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन नभएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराइन् ।

संसदमा हुने बहस र राजनीतिक गतिविधिमा समान व्यवहार नभएको आरोप लगाउँदै उनले सरकार पक्षका व्यक्तिहरूका अभिव्यक्तिमा फरक दृष्टिकोण र विपक्षीका प्रश्नमा फरक प्रतिक्रिया देखिने गरेको बताइन् । उनले राजनीतिक संस्कार र सुशासनका आधारमा यस्ता विषयमा सुधार आवश्यक रहेको उल्लेख गरिन् ।

बैठकका क्रममा सांसद बरालले प्रयोग गरेको एउटा शब्दप्रति सांसद इन्दिरा राना मगरले आपत्ति जनाएकी थिइन् । उनले उक्त अभिव्यक्ति संसदीय मर्यादासँग मेल नखाने भन्दै अभिलेखबाट हटाउन माग गरेकी थिइन् ।

सम्बन्धित खबर