२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने

Nada
२०८३ असार ३ गते १३:३५
Shares
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने

काँक्रेविहार (सुर्खेत) : कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १२२ वटा झोलुंगे पुल निर्माण गर्ने भएको छ ।

ncell

मन्त्रालयले तुइन विस्थापित गरेर सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न रु ६५ करोड विनियोजन गरेको छ । त्यस्तै रणनीतिक सडक आयोजना निर्माण गर्न रु ६५ करोड विनियोजन गरेको छ । 

पर्यटकीय क्षेत्रमा सडक सञ्जालको पहुँच विस्तार गर्न सडक र पुल निर्माण गर्न लागिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले जानकारी दिए ।

सम्बन्धित खबर