२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

श्रम संस्कृति पार्टीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

Nada
२०८३ असार ३ गते १४:५३
Shares
श्रम संस्कृति पार्टीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ : श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक सञ्चालनमा अवरोध गरेपछि प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित भएको छ ।

ncell

विनियोजन विधेयक २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि छलफल चलिरहेका बेला मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिइरहेका थिए ।

छलफलका क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले मन्त्रीको जवाफपछि थप स्पष्टीकरण माग गर्न खोजेका थिए । तर सभामुख डोलप्रसाद अर्यालले निर्धारित प्रक्रियाअनुसार अगाडि बढ्न आग्रह गरेका थिए ।

त्यसपछि श्रम संस्कृति पार्टीका सांसदहरू उठेर बैठकको वेल घेराउ गर्दै विरोधमा उत्रिएका थिए । सभामुखले पटक-पटक आफ्नो स्थानमा फर्कन आग्रह गरे पनि अवरोध जारी रहेपछि बैठक स्थगित गर्ने निर्णय गरिएको हो ।

सभामुख अर्यालले सभाको सञ्चालनका क्रममा सभामुखको निर्देशन पालना गर्नु सबै सदस्यको जिम्मेवारी रहेको स्मरण गराउँदै सम्बन्धित सांसदहरूलाई सचेत गराएका थिए । तर, विरोध नरोकिएपछि सभामुखले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
 

सम्बन्धित खबर