
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ स्वयम् नदिने भएका छन् ।
उक्त जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई दिइएको छ।आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने भएका हुन् ।
प्रतिनिधि सभा नियमावलीको नियम १४५ को उपनियम (९) मा पनि बजेट छलफलका क्रममा कुनै शीर्षकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले छलफलको अन्त्यमा दिनुपर्ने व्यवस्था छ ।
असार १ र २ गते भएको मन्त्रालयगत बजेट छलफलका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री बालेनले दिनुपर्ने अपेक्षा गरिएको थियो । तर प्रधानमन्त्रीले आफ्नो तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिन जिम्मेवारी सुम्पिएका छन् ।