२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

Nada
२०८३ असार ४ गते १४:०८
Shares
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

चितवन : भरतपुर महानगरपालिकाले २९ वटा विषयगत सहकारी संस्था खारेज गरेको छ ।

ncell

प्राय: सबै निष्किृय कृषि, दुग्ध र मौरी पालनसम्बन्धी २९ विषयगत सहकारी संस्था खारेज गरिएको हो ।   

भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख रोजी केसीले नियमित रूपमा सहकारी विभागको अनलाइन सफ्टवेयरमा विवरण पेश नगर्ने, लेखा परीक्षण नगर्ने र साधारण सभा नगर्ने सहकारीहरू खारेज गरिएको जानकारी दिए ।

महानगरभित्र कूल ३६३ सहकारी संस्था रहेकोमा उक्त सहकारी संस्थाको खारेज पछि अब यहाँ ३३४ सहकारी संस्था रहेका छन् । 

सम्बन्धित खबर