२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

Nada
२०८३ असार ४ गते १५:००
Shares
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन : सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या झन्डै दोब्बरले  बढेको छ ।  

ncell

गत चैत २३ गतेको सरकारको निर्णय पछि निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढेको निकुञ्जका सूचना अधिकारी अविनास थापाले जानकारी दिए ।  

गत वर्षको आजकै मितिमा ३१ हजार ५७७ जना आन्तरिक  पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षको जेठ मसान्तमा ४८ हजार ५९८ जनाले निकुञ्ज भ्रमण गरेका छन् । 

निकुञ्ज प्रवेशका लागि आठ वटा नाकाबाट पर्यटक आउने गर्छन् ।  नाकामा ७२ वटा जीपले निकुञ्ज प्रवेशका लागि अनुमति लिएका छन् । यहाँ जीप सफारी सहित पैदल यात्राका लागि पर्यटक आउने गर्दछन् । 

निकुञ्जमा एकसिङ्गे गैँडा, बाघ, भालु, चितुवा, घडियाल गोहीलगायतका जनावर र चराचुरुङ्गी हेर्न आन्तरिक पर्यटक आउने गर्छन् ।

सम्बन्धित खबर