२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदको चासो

Nada
२०८३ असार ५ गते १२:५१
Shares
विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदको चासो

काठमाडौँ : प्रतिनिधि सभाका सांसदहरुले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका विषयमा चासो व्यक्त गरेका छन् । 

ncell

सभाको आजको बैठकको प्रारम्भमै विपक्षी दलका सबै सांसद आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली काँग्रेसका सांसद खडगबहादुर बुढालाई बोल्न समय दिएका थिए । 

सांसद बुढाले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका बारेमा स्पष्ट पार्न माग गरे । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले विद्युतीय राहदानी छपाईसम्बन्धी प्रकरणमा सरकारको जवाफ माग गरे । 

नेकपा ९एमाले०का सांसद गुरुप्रसाद बरालले उपकुलपति छनोट प्रक्रियालाई राजनीतिक प्रभावमुक्त बनाउन माग गर्दै विश्वविद्यालयको स्वायत्ततालाई कमजोर पार्ने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए । 

नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले दुई देशबीचको सीमाका सम्बन्धमा गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिका विषयमा असहमति जनाए।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले राजनीतिज्ञमा नैतिकता र जबाफदेहिता आवश्यक पर्ने बताउँदै रक्षा मन्त्रालयको बजेटको किताब आफूले हेर्न नपाएको गुनासो गरे ।  

उनले भारतको पटनामा नेटवर्किङका नाममा नेपाली नागरिक बन्धक बनाइएको भनिएको सार्वजनिक समाचारका बारेमा स्पष्ट पार्न सरकारसँग माग गरे । 

सम्बन्धित खबर