२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

यो देश ढुंगाहरूको हो या मान्छेको ? : हर्क साम्पाङ

Nada
२०८३ असार ५ गते १३:४०
Shares
यो देश ढुंगाहरूको हो या मान्छेको ? : हर्क साम्पाङ

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिबारे आफूहरूले एक महिनादेखि उठाउँदा समेत सभामुखले समेत नसुनेको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्रीको आफ्नो वक्तव्य सच्चाउनुपर्ने दोहोर्‍याए ।

ncell

उनले भने, ‘हामीले प्रधानमन्त्रीज्यूको माग यहाँ गरेको करिब १ महिना धेरै भइसक्यो । प्रधानमन्त्रीको वक्तव्य सच्याउनुपर्छ भनेर आन्दोलन गरेको पनि १६ दिन भएछ, यो प्लेकार्ड बनाएर उभिएको पनि । सभामुखलाई पनि हामीले त्यति नै लामो समयदेखि उहाँले बोल्नुभएको राष्ट्रघाती शब्द डिलिट गरियोस् भनेको पनि त्यति नै दिन भयो ।’

उनले देश ढुंगाको हो कि मान्छेको भन्दै प्रश्न गरे ।

उनले थपे, ‘अब तपाईँले पनि नसुन्ने, उहाँले पनि नसुन्ने, अब कसैले कसैको केही पनि नसुन्ने । ढुङ्गाहरूको देश हो या मान्छेको देश हो, अचम्म लागेको छ ।’ मान्छेमा जिम्मेवारीबोध हुनुपर्ने उनको आग्रह छ ।

‘हामी जिम्मेवार बन्नुपर्छ । जिम्मेवारीले मात्रै मान्छेलाई मान्छे बनाउँछ’ साम्पाङ भन्छन्, ‘मान्छे बन्नका लागि भात खाएर, टाइ सुट लगाएर, राम्रो लुगा लगाएर हिँड्दैमा हुँदैन । चिप्लो चाप्लो गाडी चढेर ठूला घरमा बस्दैमा हामी मान्छे बन्दैनौं । हामीमा नैतिकता हुन जरुरी छ, जबाफदेहिता हुन जरुरी छ ।’
 

सम्बन्धित खबर