२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

Nada
२०८३ असार ५ गते १५:०३
Shares
सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

काठमाडौं : सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । 

ncell

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्वीकृतिका लागि पेस गरेको प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

यसअघि विपक्ष दलको तर्फबाट श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले उक्त अध्यादेश अस्वीकृत गरियोस् भनि राखेको प्रस्ताव अस्वीकृत भएको थियो ।

त्यसैगरी बैठकले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पनि स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही असार ११ गते बिहीवार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर