
काठमाडौं : सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त अध्यादेश स्वीकृतिका लागि राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
यस अघि बैठकमा विपक्ष दलहरुको तर्फबाट एमालेकी सांसद नीता घतानीले उक्त अध्यादेश अस्वीकृतिका लागि राखेको प्रस्ताव अस्वीकृत भएको थियो । उक्त अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएसँगै सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ ।