२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

पत्रकारका लागि बिमा सचेतना कार्यक्रम

Nada
२०८३ असार ५ गते २१:५२
Shares
पत्रकारका लागि बिमा सचेतना कार्यक्रम

ललितपुर : नेपाल पत्रकार महासंघ, ललितपुर शाखा समन्वय तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, जरंखु शाखाको संयोजनमा पत्रकारहरूलाई लक्षित ‘बिमा सचेतना कार्यक्रम’ सम्पन्न भएको छ ।

ncell

ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइभ लेजर पार्कमा आयोजित कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध करिब ८० जना पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख व्यवसाय अधिकृत (मध्य तथा मध्यपश्चिम क्षेत्र) सुनिल पोखरेल, तालिम विभाग प्रमुख कुबेर पाठक तथा जरंखु शाखाका शाखा प्रमुख विपुल पाण्डेको उपस्थिति रहेको थियो । 

कार्यक्रममा जीवन बिमाको आवश्यकता, वित्तीय सुरक्षा, जोखिम व्यवस्थापन, बचत संस्कृतिको विकास, दीर्घकालीन आर्थिक योजना तथा बिमासम्बन्धी भ्रम र यथार्थका विषयमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।  साथै सहभागी पत्रकारहरूले बिमा क्षेत्रसँग सम्बन्धित जिज्ञासा राख्दै अन्तरक्रियात्मक छलफलमा सक्रिय सहभागिता जनाएका थिए ।

प्रमुख व्यवसाय अधिकृत पोखरेलले सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी र यसका बिमालेखको बारेमा जानकारी दिए । साथै जीवन बिमाले व्यक्तिको मात्र नभइ सम्पूर्ण परिवारको आर्थिक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै वित्तीय योजना र सामाजिक सुरक्षाको आधारका रूपमा बिमाको महत्वबारे प्रकाश पारेका थिए । पत्रकार समुदाय समाजमा सूचना र जनचेतना प्रवाह गर्ने महत्वपूर्ण माध्यम भएकाले बिमासम्बन्धी सही सूचना आम नागरिकसम्म पु¥याउन पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरेका थिए । 

त्यसैगरी तालिम विभाग प्रमुख पाठकले बिमाको अवधारणा, वित्तीय अनुशासन तथा दीर्घकालीन बचतका विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रमबाट सहभागी पत्रकार तथा सञ्चारकर्मीहरूमा जीवन बिमा, वित्तीय योजना र जोखिम व्यवस्थापन सम्बन्धी ज्ञान अभिवृद्धि हुनुका साथै बिमा तथा वित्तीय साक्षरताको प्रवर्धनमा सकारात्मक योगदान पुगेको पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले बताए ।

ताजा खबर

सम्बन्धित खबर