२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते

Nada
२०८३ असार ६ गते १३:०३
Shares
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते

काठमाडौँ : महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

ncell

बा.२ ख ६४३८ नम्बरको बस आज बिहान ९ बजे उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब २५ मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका बर्दिबास नगरपालिका निवासी अन्दाजी ५५ वर्षीय विमलेश दत्तको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएकाहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर