२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

Nada
२०८३ असार ६ गते १५:२७
Shares
रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक सुरु भएको छ । भरतपुरको दियालो फुडल्यान्डमा बैठक सुरु भएको हो ।

ncell

महाधिवेशनअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो । आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदैछ ।

बैठकमा पार्टीको पहिलो महाधिवेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।  रास्वपाको हाल १३१ सदस्यीय केन्द्रीय समिति रहेको छ ।

३ दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट ३ हजार भन्दा बढी प्रतिनिधि, पार्टीका नेता कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर