२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सामाजिक सञ्जालबाटै कमाइः डिजिटल मार्केटिङ सिक्दै ललितपुरका युवा

Nada
२०८३ असार ६ गते २१:५३
Shares
सामाजिक सञ्जालबाटै कमाइः डिजिटल मार्केटिङ सिक्दै ललितपुरका युवा

ललितपुर : प्रविधिको विकाससँगै ललितपुरका युवाहरू इन्टरनेट र सामाजिक सञ्जाललाई आम्दानीको माध्यम बनाउन लागिपरेका छन् । परम्परागत रोजगारीका अवसरहरू घट्दै गएका बेला ललितपुरको गोदावरीमा युवाहरूका लागि दुई दिने डिजिटल मार्केटिङ र सूचना प्रविधि सम्बन्धी तालिम सुरु भएको छ । बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा यो कार्यक्रम आयोजना गरिएको हो । तालिममा गोदावरीका युवाहरूको सहभागिता रहेको छ ।

ncell

कार्यक्रमको उद्घाटन गर्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले अहिलेको समयमा प्रविधि अनुसार नचल्नेर पछि पर्ने बताए । पहिले सूचना पाउन निकै गाह्रो हुने भए पनि अहिले प्रविधिको कारण संसारभरिका अवसरहरू सजिलै पाउन सकिने उनको भनाइ थियो । मेयर महर्जनले युवाहरूलाई फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता माध्यमहरू मनोरञ्जनका लागि मात्र नभइ आफ्नो व्यापार बढाउन र पैसा कमाउन प्रयोग गर्न आग्रह गरे । 

त्यस्तै, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले नेपालमा इन्टरनेटको विकास तीव्र गतिमा भइरहेकाले युवाहरूले समयअनुसार आफ्नो सीप बदल्नुपर्नेमा जोड दिए ।

यो तालिममा युवाहरूलाई आजको बजारमा चाहिने व्यावहारिक सीपहरू सिकाइँदै छ । प्रशिक्षकहरू प्रदीपराज वन्त, जीवन भण्डारी र योगेन्द्रबहादुर महताले सहभागीहरूलाई मोबाइलबाट राम्रो फोटो खिच्ने तरिका, सामाजिक सञ्जालको सही प्रयोग र डिजिटल मार्केटिङका बारेमा सिकाएका छन् । 

पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले यो तालिमले युवाहरूलाई बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने दाबी गरे । 

बढ्दो बेरोजगारीका बीच यस्ता डिजिटल सीपले युवाहरूलाई घरमै बसेर स्वरोजगार बन्न र इन्टरनेटको माध्यमबाट विदेशी बजारसम्म जोडिएर आम्दानी गर्न ठुलो मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर