२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

बाजुरामा बस दुर्घटना हुँदा २४ जना घाइते

Nada
२०८३ असार ७ गते १२:३९
Shares
बाजुरामा बस दुर्घटना हुँदा २४ जना घाइते

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका-०८ रिठाबजार स्थित साँफेबगर-मार्तडी सडकखण्डमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

ncell

७:१० बजे महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख १३५५ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रिठाबजार, प्रहरी चौकी बार्जुगाड तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो ।

दुर्घटनामा घाइते भएका २४ जनामध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको छ भने एक जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बयलपाटा रिफर गरिएको प्रहरीले जनाएको छ ।

बसमा चालकसहित ३३ जना सवार रहेकोमा ९ जना यात्रु सकुशल रहेका छन् । दुर्घटनाको कारण र अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर