२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

झाडीमा लुकाइएका ६ नाल भरुवा बन्दुकसहित बारुद र गोली फेला

Nada
२०८३ असार ७ गते १२:४४
Shares
झाडीमा लुकाइएका ६ नाल भरुवा बन्दुकसहित बारुद र गोली फेला

काठमाडौँ : दाङको घोराही उपमहानगरपालिका-१ स्थित माले सल्लीकोट सामुदायिक वनको झाडीमा लुकाइ राखिएको अवस्थामा ६ नाल भरुवा बन्दुक फेला परेको छ ।

ncell

प्रहरीका अनुसार बरामद गरिएका सबै बन्दुक लोड अवस्थामा रहेका थिए । घटनास्थलबाट करिब ४०० ग्राम बारुद, ३३ वटा केप, १३ वटा फलामका गोली तथा २ बट्टा सलाई समेत बरामद गरिएको छ ।

बरामद सामग्री कसले र किन लुकाएर राखेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर