२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

योगाभ्याससहित मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

Nada
२०८३ असार ७ गते १३:२५
Shares
योगाभ्याससहित मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौँ : ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत गठित मूल समारोह समितिले योगाभ्याससहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।

ncell

त्यस अवसरमा मुख्यसचिव सुमनराज अर्यालले राष्ट्रिय रूपमा योग, ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताए। विद्यालय तहदेखि नै योग, ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठनपाठन पनि सुरु भइसकेको उनले जानकारी गराए। योगको धेरै प्रचारप्रसार भए पनि जनमानसले धेरै फाइदा लिन नसकेकाले अब त्यसतर्फ लैजान जागरण सुरु भइसकेको मुख्यसचिव अर्यालले बताए। 

मन्त्रालयका सचिव चुडामणि पौडेलले स्वस्थ र निरोगिताका लागि नियमित रूपमा योगाभ्यास गर्नुपर्नेमा जोड दिए। मानसिक रूपमा स्वस्थ रहेर समाज र राष्ट्रलाई पनि स्वस्थ बनाउन योगले सहयोग गर्ने उनको भनाइ थियो ।

जीवन विज्ञान नेपालका एलपी भानु शर्माले शारीरिक, मानसिक, आध्यात्मिक दुःख निवारणका साथै समृद्धिका माध्यमका रूपमा अघि बढाउनुपर्ने भनाइ राखे । नेपालको प्रस्तावमा संयुक्त राष्ट्र संघले आरोग्य दिवसको घोषणा गरेको जानकारी पनि उनले दिए । 

अन्तरराष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो । 

विसं २०३६ माघ १ गतेदेखि मुलुकमा योग दिवस मनाउन प्रारम्भ भएको हो । दशरथ रंगशालामा भएको आजको कार्यक्रममा योगासनका साथै यसको महत्वका बारेमा जानकारी गराइएको थियो ।

ताजा खबर

सम्बन्धित खबर