२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपा संविधान, कानुनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छ : उपसभापति वाग्ले

Nada
२०८३ असार ७ गते १६:५७
Shares
रास्वपा संविधान, कानुनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा आन्दोलनको राजनीतिक शक्तिबाट संस्थागत दलमा रूपान्तरणको चरणमा प्रवेश गरेको बताएका छन् ।

ncell

चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अब पार्टीले विरोध र प्रश्नमा मात्र सिमित नभई शासन सञ्चालन गर्ने क्षमता तथा परिणाम दिने सामथ्र्य प्रमाणित गर्नुपर्ने बताएका हुन् ।

उनले नयाँ पुस्ताले केवल प्रश्न सोध्ने र विरोध गर्ने मात्र नभई देश चलाउने वैकल्पिक राजनीतिक शक्ति बन्न सक्ने प्रमाणित गर्नुपर्ने उल्लेख गरे ।

उनले महाधिवेशनले रास्वपाको दीर्घकालीन राजनीतिक दृष्टि र नेपालको भविष्यबारे स्पष्ट मार्गचित्र प्रस्तुत पनि बताए । उनले रास्वपाले संविधान, कानुनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा रहेको स्पष्ट गर्दै बहुमतको शासनसँगै अल्पमतको सम्मान सुनिश्चित हुनुपर्ने धारणा राखे ।

जात, थर, भूगोल, भाषा वा आर्थिक अवस्थाका आधारमा नभई प्रतिभाका आधारमा अवसर प्राप्त हुने समन्यायिक समाज निर्माण र नागरिकमाथि शासन गर्ने नभई सेवा प्रदान गर्ने सक्षम राज्य निर्माण रास्वपाको लक्ष्य रहेको उपसभापति वाग्लेको भनाइ छ । 

सम्बन्धित खबर