२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रदीप ज्ञवालीलाई बालेनको जवाफ– हाम्रो गाडी एक्सप्रेस वेमा छ, गन्तव्य नपुगी ब्रेक लाग्दैन 

Nada
२०८३ असार ७ गते १८:०३
Shares
प्रदीप ज्ञवालीलाई बालेनको जवाफ– हाम्रो गाडी एक्सप्रेस वेमा छ, गन्तव्य नपुगी ब्रेक लाग्दैन 

काठमाडौं : प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाहले सरकारको गति र काम र नियन्त्रणबाहिर नरहेको दाबी गरेका छन् ।

ncell

चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई जवाफ फर्काउँदै सरकार नियन्त्रणमा रहेको भन्दै चिन्ता नलिन आग्रह गरे । एमाले प्रतिनिधिका रुपमा पुगेका केन्द्रीय सदस्य ज्ञवालीले रास्वपा सरकारलाई गाडीमा एक्सेलेटरसँगै ब्रेक पनि हुने सम्झाएका थिए । उनले सरकारले गतिमा सन्तुलन कायम गर्नुपर्ने अन्यथा दुर्घटनामा पर्ने सन्देश दिने क्रममा त्यसो भनेका थिए । शाहले सरकारको गति रोक्नुपर्ने अवस्था स्थानीय बाटोमा हिँड्ने गाडीमा हुने टिप्पणी गरे । प्रधानमन्त्री शाहले सरकारको यात्रा अनियन्त्रित नभएको र वातावरण पनि अनुकूल रहेको दाबी गरे ।

उनले भने, ‘सरकार भनेको त गाडी जस्तो हो एक्सलेटर मात्र होइन ब्रेक पनि हुन्छ भन्नुभएको छ । ब्रेक पनि लाउनुपर्छ भन्दै चिन्ता पनि मान्नुभएको छ । त्यस्तो चिन्ता लोकल  रोडहरु तिर हिँड्दा लिनुपर्ने हो । कहिले लेफ्टबाट र राइटबाट आउँदो रहेछ । तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन । एस्कप्रेस वेमा हिँडेको गाडी हो गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ । र हाम्रो गाडी अनियन्त्रित पनि छैन । वातावरण पनि मिलेर गएको छ ।’

उनले सरकार सुशासन र विकास निर्माण गर्ने कुरामा प्रतिबद्ध रहेको बताए ।

 


 

सम्बन्धित खबर