
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाई ठेक्का प्रकरणमा भ्रष्टाचार भएको निष्कर्षसहित भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
अख्तियारले राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्न लागेको हो ।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यसहितलाई विपक्षी बनाइएको छ ।