२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपाको बन्दसत्र आजलाई स्थगित

Nada
२०८३ असार ८ गते १७:३२
Shares
रास्वपाको बन्दसत्र आजलाई स्थगित

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज सुरु नहुने भएको छ । प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाइ भएकाले बन्दसत्रको कार्यतालिका स्थगित गरिएको स्रोतले बतायो ।

ncell

स्रोतका अनुसार आज प्रतिनिधि परिचयपत्र वितरण गर्ने योजना बनाइएको छ । त्यसपछि भोलिबाट बन्दसत्र सुरु हुनेछ । यसले गर्दा महाधिवेशन स्वतः एक दिन लम्बिएको छ । 

रास्वपाको पहिलो महाधिवेशन अन्तर्गत पूर्वनिर्धारित कार्यतालिका अनुसार यसबेला निर्वाचन प्रक्रिया सुरु भइसकेर उम्मेदवारी दर्ता प्रक्रिया चल्नुपर्ने थियो । तर, शीर्ष नेताहरू सहमतिको प्रयासमा जुट्दा बन्दसत्र नै सुरु हुन सकेन । यसैबिच रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले बन्द सत्र प्रभावित हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको बताएका छन् ।

यसैबिच नेताहरूबिच सहमतिका लागि पदको भागबन्डा नमिल्दा बन्दसत्र ढिलाइ भएको बताइएको छ । श्रोतका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा सहमति नजुट्दा बन्दसत्र प्रभावित बनेको हो ।

ताजा खबर

सम्बन्धित खबर