२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कतारको रसलाफान ग्यास केन्द्रमा विस्फोट

१३ जनाको मृत्यु, नेपालीसहित ६६ घाइते

Nada
तिलु शर्मा पौडेल
२०८३ असार ८ गते २१:३१
Shares
कतारको रसलाफान ग्यास केन्द्रमा विस्फोट

कतार, ८ असार- कतारको रसलाफान औद्योगिक क्षेत्रमा रहेको बार्जान स्थानीय ग्यास आपूर्ति केन्द्रमा आइतबार राति भएको विस्फोट तथा आगलागी घटनामा १३ जनाको मृत्यु भएको छ भने नेपालीसहित ६६ जना घाइते भएका छन् । मृत्यु हुनेहरू भारतीय र पाकिस्तानी नागरिक रहेको कतार इनर्जीले जनाएको छ । 

ncell

सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मामिला राज्यमन्त्री तथा कतारइनर्जीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत साद शेरिदा अल–काबिले घटना आइतबार राति करिब १०ः३० बजे भएको जानकारी दिँदै यो प्राविधिक दुर्घटना भएको र कुनै पनि प्रकारको तोडफोड वा शत्रुतापूर्ण गतिविधिसँग सम्बन्धित नरहेको स्पष्ट पारे ।  

कतारइनर्जीको आपत्कालीन उद्धार टोली र सिभिल डिफेन्सको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । घाइते सबैको उपचार भइरहेको र उनीहरूमध्ये कसैको अवस्था गम्भीर नरहेको जनाइएको छ ।  पत्रकार सम्मेलनमा अल–काबिले बार्जान प्लान्ट डिसेम्बर २०२५ देखि अत्यावश्यक मर्मत सम्भारका कारण बन्द रहेको र दुई दिनअघि मात्र पुनः सञ्चालनमा ल्याइएको बताए । प्रारम्भिक जानकारीअनुसार प्लान्ट पुनः सञ्चालन गर्ने क्रममा दुर्घटना भएको हो । 

उनले उक्त घटना कतारको ग्यास निर्यातमा असर नपर्ने स्पष्ट पार्दै प्रभावित परियोजना स्थानीय आपूर्तिसँग सम्बन्धित रहेको र निर्यात क्षमतासँग प्रत्यक्ष सम्बन्ध नभएको बताए । साथै, देशको ऊर्जा आवश्यकताको आपूर्तिमा कुनै समस्या नआउने विश्वास व्यक्त गरे ।  

आवश्यक छानबिन हुनेछ– गृह मन्त्रालय

कतारको गृह मन्त्रालय मृतक तथा घाइतेहरू विभिन्न राष्ट्रियताका रहेको र घटनास्थलमा सञ्चालन गरिएको खोज तथा उद्धार कार्य सम्पन्न भइसकेको जनाएको छ । गृह मन्त्रालयले घटनाको वास्तविक अवस्था, प्राविधिक कारण तथा जिम्मेवारीबारे यथार्थ विवरण पत्ता लगाउन सम्बन्धित निकायहरूले अनुसन्धान जारी राखेको जनाएको छ । साथै, प्रचलित कानुनी तथा प्राविधिक मापदण्डअनुसार आवश्यक कदम चालिने बताइएको छ ।

मन्त्रालयले घटनापछि कुनै पनि प्रकारको ग्यास वा अन्य पदार्थ चुहावट नभएको र त्यसले सर्वसाधारण तथा वरपरको वातावरणको सुरक्षामा कुनै खतरा नपु¥याएको पनि पुष्टि गरेको छ । यस घटनामा ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गर्दै  मन्त्रालयले मृतकका परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर