काठमाडौं : आफ्नो मान्छे सधैं आफैंसँग रहिरहोस् भन्ने चाहना कसलाई हुँदैन र ? तर यस्तो चाहना हुँदा हुँदै पनि नचाहेर छुटिनु पर्ने बाध्यता र परिस्थितिको पीडा सहन निकै गाह्रो हुन्छ । यस्तै पीडालाई गीतमार्फत उतार्ने प्रयास गरिएको कर्णप्रिय गायिका शशि पुन देशारको गीत 'सिमानै काटेर' बजारमा आएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ललितपुर जिल्ला समितिकी महिला उपाध्यक्ष समेत रहेकी गायिका तथा मोडल देशारको आफ्नै लय, शब्द र स्वरमा सजिएको गीत सिमाना काटेर बजारमा आएको हो ।
गायिका देशारले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत यसै साता उक्त गीत सार्वजनिक गरेकी हुन् । गीतमा वैदेशिक रोजगारीको बाध्यता र विछोडको पीडाको वास्ताविक घटनालाई समेट्ने प्रयास गायिका देशारले गरेकी छन् ।
मनोज खड्काको एरेञ्ज, मिक्सिङ तथा मास्टरिङ रहेको उक्त गीत रीमा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतका निर्माता नरेश देशार हुन् भने छायांकन तथा सम्पादन मिराज अर्यालको रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies