२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइयो

Nada
२०८३ असार ९ गते १२:५६
Shares
विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइयो

काठमाडौँ : सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ ।

ncell

उनलाई केहीबेर अघि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पुर्‍याएको हो । पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई हिजो प्रहरीले पक्राउ गरेको थियो ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेको व्यवसायी दीपक भट्टसँगको शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो । 

उनलाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो । केही बेरअघि माइक्रोबसमा राखेर ल्याइएका उनलाई विभागमा उपस्थित गराइएको हो ।

उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी छ ।  उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध स्रोतले बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर