२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपा सह-महामन्त्रीमा यज्ञमणि न्यौपाने र रमेश प्रसाईंले गरे उम्मेदवारी घोषणा

Nada
२०८३ असार ९ गते १४:०४
Shares
रास्वपा सह-महामन्त्रीमा यज्ञमणि न्यौपाने र रमेश प्रसाईंले गरे उम्मेदवारी घोषणा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदका लागि यज्ञमणि न्यौपाने र रमेश प्रसाईंले उम्मेदवारी घोषणा गरेका छन् ।

ncell

न्यौपाने पार्टी स्थापनाकालदेखि नै न्यायिक तथा कानुनी क्षेत्रमा सक्रिय रहँदै आएका नेता हुन् । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी प्रकरणमा विभिन्न जिल्लामा हिरासत र थुनामा रहेका बेला न्यौपानेले कानुनी प्रतिरक्षा तथा न्यायिक प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रसाईं  यस अगाडि पार्टीको सहप्रवक्ता थिए ।पार्टी स्थापनाकालदेखि नै रवि लामिछानेसँग जोडिएका प्रसाईँ पार्टीका संस्थापक नेता हुन् । उनी सहमहामन्त्री उठ्नका लागि पहिला केन्द्रीय सदस्य जित्नुपर्ने हुन्छ ।

रास्वपाको विधानअनुसार पार्टीमा पाँच जना सहमहामन्त्री रहने व्यवस्था छ। तीमध्ये दुई जना सहमहामन्त्री सभापति रवि लामिछानेले मनोनयन गर्नेछन् भने बाँकी तीन पदका लागि निर्वाचन हुनेछ।

निर्वाचनमार्फत चयन हुने तीन सहमहामन्त्रीमध्ये कम्तीमा एक पदमा महिला प्रतिनिधित्व अनिवार्य गरिएको छ। आगामी नेतृत्व चयन प्रक्रियालाई लक्षित गर्दै न्यौपानेले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

ताजा खबर

सम्बन्धित खबर