नुवाकोट : आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदै छ । निर्वाचनको मिति नजिकिएसँगै विभिन्न राजनीतिक दलका नेताहरु विभिन्न पार्टीमा प्रवेश गर्ने क्रम बढेको छ ।
यसैक्रममा नुवाकोटमा नेकपा माओवादी केन्द्रका युवा शक्तिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नुवाकोट शिवपुर क्षेत्र नं ५ प्रदेशसभा 'क' क्षेत्रका युवा व्यवसायी, समाजसेवी एवं युवा नेता सुजन तामाङ माओवादी केन्द्रबाट नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बिहीबार एका कार्यक्रमका बीच पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले उनलाई पार्टीमा स्वागत गरे ।
साथै युवा नेता तामाङले बिहीबार नै तरुण दलको सदस्यता पनि लिएका छन् । उनलाई तरुण दलका अध्यक्ष विद्वान गुरुङले सदस्यता प्रदान गरेका थिए ।
सोही अवसरमा तादी गाउँपालिका ४ सातबिसेका रोशन पाण्डे पनि कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई पनि कांग्रेसका केन्द्रीय सदस्य केसीले पार्टीमा स्वागत गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies