२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित

Nada
२०८३ असार ९ गते १४:४८
Shares
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित

सिमिकोट : हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि यहाँका किसान चिन्तित हुन थालेका छन् । 

ncell

लामो समयदेखि पानी नपर्दा कोदो, चिनो, कागुनो, भट्ट, काउनीलगायत तरकारी बालीसमेत सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन् ।

जिल्लाको सिमिकोट गाउँपालिका–१ का किसान जानकी भण्डारीले असारमा पानी नपरेकाले बाली सुक्दै जान थालेको बताइन्  ।

सिमिकोट गाउँपालिका–२ का किसान रुप्सी बोहराले असारको पहिलो हप्तासम्म पानी नपर्दा उत्पादन घट्ने र यहाँ खाद्यान्न सङ्कट पर्न सक्ने बताइन्  ।

जिल्लाको सबैभन्दा बढी अन्न उत्पादन हुने सर्केगाड गाउँपालिका–२ रिपगाउँका किसानसमेत लामो समय पानी नपर्दा बाली सुक्दै जान थालेको भन्दै चिन्तामा परेका छन् । 

ताजा खबर

सम्बन्धित खबर