२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

एमाले संसदीय दलको बैठक जारी

Nada
२०८३ असार ९ गते १४:५१
Shares
एमाले संसदीय दलको बैठक जारी

काठमाडौँ : नेकपा एमाले संसदीय दलको बैठक जारी  छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसो सुरु भएको थियो । 

ncell

पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि आकस्मिक रूपमा एमाले संसदीय दलको बैठक बसेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । बैठक स्रोतका अनुसार, अध्यक्ष ओलीले समसामयिक अवस्थाबारे ब्रिफिङ गरिरहेका छन् ।

एमालेले आजै सचिवालय बैठक पनि बोलाएको छ । साँझ ६ बजे ओली निवास गुण्डुमा बैठक बस्न लागेको हो ।

ताजा खबर

सम्बन्धित खबर