२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा चिन्दैन : गगन थापा

Nada
२०८३ असार ९ गते १६:११
Shares
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा चिन्दैन : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापा ले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने व्यक्तिलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका छन् । झापामा आयोजित कार्यक्रममा उनले पार्टीभित्रको इतर समूहका नेताहरूलाई संकेत गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् ।

ncell

पूर्व सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका केही नेताहरूले सदस्यता अद्यावधिक नगरेको सन्दर्भ उल्लेख गर्दै थापाले पार्टी अब प्रणालीमा आधारित ढंगले अघि बढ्ने बताए ।

उनले भने, “म सबै नेताहरूलाई सम्मान गर्छु, सबैले अधिवेशनमा सहभागी हुनुपर्छ भन्ने पनि ठान्छु । तर कसैले सदस्यता अद्यावधिक गर्नुभएको छैन भने क्षमा गर्नुहोला, पार्टीले सम्मान गर्छ, माया गर्छ, तर सदस्यका रूपमा चिन्दैन। अब सिस्टमले नै चिन्दैन ।”

थापाका अनुसार अब पार्टीको सदस्यता व्यवस्थापन पूर्ण रूपमा प्रणालीमा आधारित हुनेछ र अद्यावधिक नगरेका व्यक्तिहरू क्रियाशील सदस्यको सूचीमा समावेश हुने छैनन् ।

उनले वडा स्तरको अधिवेशन सुरु हुँदा यसको प्रत्यक्ष प्रभाव देखिने उल्लेख गर्दै भने, “निर्वाचन प्रतिनिधिले सूची बोकेर आउँदा अद्यावधिक नभएका साथीहरूको नाम आउँदैन। सिस्टममै देखिँदैन ।”

सभापति थापाले कांग्रेसमा नयाँ पुस्ताको नेतृत्व उदाउँदै गएको भन्दै त्यसप्रति आफू उत्साहित रहेको पनि बताए । उनले युवा पुस्तालाई पार्टीको भविष्यका रूपमा प्रस्तुत गर्दै पुरानो शैलीमा नेतृत्वमा अड्किएर बस्ने प्रवृत्तिले पार्टी अघि बढ्न नसक्ने टिप्पणी गरे ।

ताजा खबर

सम्बन्धित खबर