काठमाडौं : कुमारी बैंकले एकैपटक एक नयाँ शाखा र १० एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा र विभिन्न स्थानमा एक्सटेन्सन काउन्टरहरू सुचारु गरेको हो ।
बैंकले काठमाडौंको बल्खु, ईन्द्रायणी, गैरीगाँउ, झोर, आरुवारी, जैसिदेवल, महाराजगंज, छाउनी, भक्तपुरको नेकोसेरा र धनुषाको जनकपुरधाममा गरी थप १० वटा एक्सटेन्सन काउन्टर स्थापना गरेको हो ।
विगत २१ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले हाल १९९ शाखा संजाल, १९५ एटिएम, ३४ एक्सटेन्सन काउन्टर तथा ५३ शाखारहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies