२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सरकारलाई दृष्टिविहीनहरूको चेतावनी- सात दिनभित्र माग पूरा नभए रिले अनशन बस्छौं

Nada
२०८३ असार १० गते १२:२६
Shares
सरकारलाई दृष्टिविहीनहरूको चेतावनी- सात दिनभित्र माग पूरा नभए रिले अनशन बस्छौं

काठमाडौं : सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहले  माइतीघरमा धर्ना दिएको छ । बुधबार बिहान माइतीघर मण्डलामा दृष्टिविहीनहरूले धर्ना दिएका हुन् ।

ncell

राज्यले पछाडि पारेका आफूहरूलाई राज्यले आफ्नो हातमा भएको सीप पनि प्रयोग गर्न नदिएको आरोप प्रदर्शनरत दीपराजले बताए । आफूहरूको आयश्रोतको माध्यम भनेकै सांगीतिक कार्यक्रम भएको बताए ।

उनले सांस्कृतिक कार्यक्रम गर्दा पशुपति क्षेत्र विकास कोष, महानगर प्रहरी, बौद्ध विकास कोष, जनपथ प्रहरीले धरपकड गर्ने, कुटपिट गर्ने काम भएको आरोप लगाए । आफैंसँग हारेका दृष्टिविहीनहरूको अन्तिम विकल्प नै अरुको सहयोग लिनुपर्ने भएपनि सरकारले अरुको सहयोग लिन नदिएको उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आगामी दिनमा यसबारे सोचोस् भनेर माइतीघरमा आन्दोलन गर्न आएको उनले बताए । सरकारले हुन्छ मात्रै भन्ने तर माग पूरा नगर्ने गरेको आरोप पनि उनले लगाए ।

उनले गाँस, बास र कपासको माग पूरा नभएसम्म धर्ना कार्यक्रम गर्ने चेतावनी दिए । सात दिनसम्म माईतीघरमा धर्ना दिने कार्यक्रम रहेको र सात  दिनसम्म पनि माग पूरा नभए रिले अनशन सुरु गर्ने उनले चेतावनी दिए ।

शिक्षित व्यक्तिलाई जागिरको व्यवस्थापन गर्न दिनुपर्ने, अशिक्षितलाई जीवनयापन भत्ताको व्यवस्थापन गर्नुपर्ने, दृष्टिविहीनका साथै पूर्ण रुपमा अपाङ्गता भएकाहरूलाई सरकारले व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

राष्ट्रिय  स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईं (दृष्टिविहीन) ले दृष्टिविहीनलाई मागेर खाने व्यक्तिको बारेमा आफू कुरा नगर्ने भन्दै पन्छिएको बताए । उनीहरूले घाम, पानी, धुवाँ, धुलो सहनु रहर होइन, बाध्यता हो, विकल्प नदिई सडकपेटी छोड्दैनौं भन्दै प्रदर्शन गरेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर