काठमाडौं : युवा व्यावसायी, समाजसेवी तथा कलाकार सुर्यबहादुर रास्कोटी (हरी ठकुरी) लाई एभरग्रीन वल्र्डवाइड इन्टरटेनमेन्टले राष्ट्रिय व्यक्तित्व सम्मान २०७९ बाट सम्मान गरेको छ ।
राजधानीमा सम्पन्न राष्ट्रिय व्यक्तित्व सम्मान तथा सांस्कृतिक कार्यक्रममा उनलाई प्रज्ञा तथा विशिष्ठ चलचित्रकर्मी तथा कार्यक्रमका प्रमुख अतिथि निर शाह चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी, नेपाल कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्रकर्मी मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, निवर्तमान चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, विशिष्ठ नृत्य निर्देशक राजु शाह तथा विशिष्ठ अभिनेता धिरेन शाक्यले उनलाई सम्मान गरेका थिए ।
विगत लामो समयदेखि व्यावसाय र कलाकारिता क्षेत्रमा सक्रिय ठकुरी समाज सेवामा पनि उक्तिकै सक्रिय व्यक्ति हुन् । समाजसेवी ठकुरी साइरस स्कुलका संस्थापक निर्देशक, एस मिडियाका कार्यकारी निर्देशक, हनिविज रेस्टुरेन्टका संचालक, नेशनल डेल्फिक काउन्सिल नेपालका सचिव भोलेन्टियर नेपालका उपाध्यक्ष तथा विभिन्न इभेन्ट अर्गनाईजरका रुपमा काम गर्दै आएका छन् । उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट समेत सम्मानित भइसकेका छन् ।
लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा समेत सक्रिय उनी प्रिय गीतबाट नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गरेका कलाकार समेत हुन् । उनले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘लाखे’ प्रर्दशनको तयारीमा रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies