२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

विष्णु पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

Nada
२०८३ असार १० गते १६:१२
Shares
विष्णु पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौं : पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

ncell

पौडेलकी पत्नी दोमाया पौडेलले बुधबार बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएकी हुन् ।

रिटमा पौडेललाई राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएकाले रिहाइको आदेश माग गरिएको छ ।

बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि बिहीबारका लागि पेसी तोकिएको छ ।

सम्पत्ति शुद्धीकरण छानबिनका लागि पक्राउ परेका पौडेललाई मंगलबार ७ दिनको म्याद थप गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर