२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुट-उपगुट अन्त्य भयो : शाह

Nada
२०८३ असार १० गते १८:१६
Shares
सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुट-उपगुट अन्त्य भयो : शाह

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले पार्टीमा कुनै गुट-उपगुट नभएको बताएका छन् । 

ncell

उनले भने, 'सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता वालेन्द्र शाह बसेपछि गुटको चर्चा अन्त्य भएको छ ।' उनले सभापतिको प्रस्तावक स्वयं प्रधानमन्त्री भएपछि यो गुट, उपगुट भन्ने कुरा यही सकिएको बताए । उनले थपे, 'पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन ।' 

संविधान संशोधन कार्यदलको संयोजक रहेका साहले संविधान संशोधन राष्ट्रिय सहमतिअनुसारनै हुने बताए । उनले भने, 'दलको आ–आफ्नो धारणा हुन्छ । बहस पत्र तयार गरिसकेपछि हामी त्यसमा अगाडि बढ्छौँ । सय दिनभित्रमा हामीले संविधान संशोधन बहस पत्र तयार गर्छौँ ।'

ताजा खबर

सम्बन्धित खबर