२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

Nada
२०८३ असार ११ गते ०९:५५
Shares
रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

काठमाडौँ : चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत ९९ केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान भइरहेको छ ।

ncell

गएराति साढे १२ बजेबाट सुरु भएको मतदान आज बिहान ११ बजेसम्ममा सकिने रास्वपाको केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए ।

रास्वपाको केन्द्रीय सदस्य १५८ जना भए पनि ९९ केन्द्रीय सदस्य निर्वाचन मार्फत चुनिने छन् । जसका लागि ३८४ जनाको उम्मेदवारी रहेको छ । बाँकी पछि मनोनित गरिने रास्वपा विधानमा उल्लेख छ। पार्टीको सभापतिमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

रास्वपामा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट पाँचजना निर्वाचित हुने छन् । सात प्रदेशबाट ३५ निर्वाचित हुने छन् भने ६४ खुलाका लागि २१० जनाको उम्मेदवारी रहेकाे छ ।

प्रमुख केसीका अनुसार सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोशी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ ।

रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भई नतिजा आएपछि दोस्रो चरणमा ८ जना पदाधिकारीका लागि मतदान हुनेछ । दोस्रो चरणमा सबै प्रतिनिधिले पदाधिकारीका लागि मतदान गर्ने छन् । पहिलाे चरणकाे मतदान सकिए पछि दुई घण्टाभित्र मतपरिणाम घोषणा हुनेछ ।
 

ताजा खबर

सम्बन्धित खबर