२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

महाधिवेशनका लागि पार्टीभित्र छुट्टै निर्वाचन आयोग हुन्छ भन्ने थाहा थिएन : सांसद तामाङ

Nada
२०८३ असार ११ गते १३:१४
Shares
महाधिवेशनका लागि पार्टीभित्र छुट्टै निर्वाचन आयोग हुन्छ भन्ने थाहा थिएन : सांसद तामाङ

काठमाडौं : राष्टिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पार्टीको आन्तरिक निर्वाचन प्रक्रियाबारे जानकारी नहुँदा आलोचना र ‘मिडिया ट्रायल’ को सामना गर्नुपरेको बताएकी छन् । 

ncell

उनले फागुन २१ मा सम्पन्न निर्वाचनजस्तै प्रक्रिया महाधिवेशनमा पनि लागू हुने ठानेको तर पार्टीको आफ्नै निर्वाचन आयोग हुने विषयमा जानकारी नभएको स्वीकार गरेकी छन् । राजनीति क्षेत्रमा आफू नयाँ भएकाले सबै प्रक्रिया र संरचनाबारे पूर्ण जानकारी नरहनु स्वाभाविक रहेको उनको भनाइ छ ।

‘मेरो राजनीतिक यात्रा भर्खर दुई महिनाको मात्रै हो । न मेरो बुबा राजनीतिज्ञ हुनुहुन्थ्यो, न आमा, न त म स्वयं लामो समयदेखि राजनीतिमा सक्रिय थिएँ। मानिसले सिक्दै र बुझ्दै जाने हो ’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् । उनले आफूमा भएको जानकारीको कमीलाई लिएर अत्यधिक आलोचना र सार्वजनिक टिप्पणी आवश्यक नभएको पनि बताएकी छन् । 

महाधिवेशनको अनुभवबारे प्रतिक्रिया दिँदै उनले राजनीतिक प्रतिस्पर्धा र आन्तरिक विवादका बीचमा सबैभन्दा बढी असर आम नागरिकमाथि पर्ने उनले बताइन् । ‘मैले बुझेको कुरा के हो भने, जता पनि दुःख पाउने त भुइँमान्छे जनता नै रहेछन्,’ उनले भनिन् ।

ताजा खबर

सम्बन्धित खबर