२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सशस्त्र प्रहरीको विपद् प्रतिकार्य योजना : १ लाख ६८ हजार स्वयंसेवक परिचालन

Nada
२०८३ असार ११ गते १३:१९
Shares
सशस्त्र प्रहरीको विपद् प्रतिकार्य योजना : १ लाख ६८ हजार स्वयंसेवक परिचालन

काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालले मुलुकभर विपद् व्यवस्थापन र प्रतिकार्यलाई प्रभावकारी बनाउन १ लाख ६८ हजारभन्दा बढी विपद सूचक (स्वयंसेवक) परिचालन गरेको जानकारी दिएको छ । 

ncell

बिहीबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एवं सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले संगठनको विपद व्यवस्थापन रणनीति र हालसम्मका प्रयासबारे जानकारी गराएका हुन् ।

प्रवक्ता कार्कीकाअनुसार सूचीकृत भएका ती स्वयंसेवकहरूले विपद्का सूचना संकलन र प्रतिकार्य योजना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । प्रधान कार्यालय र जिल्लास्थित कार्यालयहरूले नियमित रूपमा ‘र्‍याण्डम स्याम्पलिङ’ मार्फत स्वयंसेवकहरूसँग सम्पर्क समन्वय गरिरहेको उनले बताए ।

स्वयंसेवकहरूबाट प्राप्त सूचनाकै आधारमा सशस्त्र प्रहरीले आफ्नो योजना र प्रतिकार्यलाई थप प्रभावकारी बनाएको संगठनको दाबी छ । तराई क्षेत्रमा हुने डुबान र बाढीको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले अस्थायी तथा स्थायी प्रकृतिका विपद प्रतिकार्य बेसहरू स्थापना गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय विपद् कार्य सञ्चालन केन्द्र लगायतका निकायहरूसँग सशस्त्र प्रहरीका कर्मचारीहरूले २४ सै घण्टा समन्वय गरिरहेको प्रवक्ता कार्कीले जानकारी दिए ।

विपद्को समयमा समुदाय नै पहिलो ‘रेस्पोन्डर’ हुने भएकाले सामुदायिक सचेतना र तयारीमा जोड दिइएको उनको भनाइ छ । जलजन्य प्रकोपका तुलनामा आगलागी नियन्त्रणका विषयमा कम चर्चा हुने गरेको जनगुनासोलाई सम्बोधन गर्दै उनले प्राप्त सुझावका आधारमा आगामी तयारीलाई थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे ।

प्रवक्ता कार्कीले विपद् व्यवस्थापनमा सञ्चारमाध्यमको रचनात्मक सुझाव आवश्यक रहेको पनि बताए ।

ताजा खबर

सम्बन्धित खबर