२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मतपत्रबाट ज्वाला संग्रौलाको नाम गायब 

Nada
२०८३ असार ११ गते १३:२८
Shares
मतपत्रबाट ज्वाला संग्रौलाको नाम गायब 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको मतदान प्रक्रियामा आफ्नो नाम भोटिङ मेसिनमा नदेखिएको भन्दै सांसद तथा केन्द्रीय सदस्यकी उम्मेदवार ज्वाला संग्रौलाले आपत्ति जनाएकी छन् ।

ncell

बिहीबार रास्वपा महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै संग्रौलाले सुरुदेखि नै आफ्नो परिचित नाम ज्वाला भए पनि मतपत्रमा टिका संग्रौलामा राखिएकाले मत दिनेहरू झुक्किएको भन्दै आपत्ति जनाएकी हुन् । 

उनका अनुसार पार्टीको केन्द्रीय समितिको सूची, महाधिवेशन प्रतिनिधिको सूची तथा उम्मेदवारी दर्ताका सबै आधिकारिक कागजातमा एउटै नाम उल्लेख भए पनि भोटिङ मेसिनमा भने नामसँग जोडिएको ब्राकेटभित्रको अंश देखिएन । 

उनले यो विषयमा सामाजिक सञ्जालमा समेत आफ्नो प्रतिक्रिया लेखेकी छन् । ‘केन्द्रीय समितिमा यही नाम, महाधिवेशन प्रतिनिधिमा यही नाम, उम्मेदवार हुँदा यही नाम तर जब भोटिङ मेसिन खुल्छ, नामको ब्राकेटभित्रको अंश गायब हुन्छ’, भन्दै उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेकी हुन् ।

उनले अन्य उम्मेदवारहरूको नाम भने पूर्ण रूपमा देखिएको दाबी गर्दै आफ्नो नाममा मात्र यस्तो समस्या देखिएको बताएकी छन् । व्यंग्यात्मक शैलीमा उनले लेखेकी छन्, ‘अरू साथीहरूको सबैको नाम जस्ताको त्यस्तै छ, मेरो मात्रै मेसिनले खाएछ ।’

उनका अनुसार केही मतदाताले आफूलाई खोज्दा खोज्दै मतदानको समय नै समाप्त भएको थियो। ‘भोट दिने साथीहरूले ज्वाला खोज्दा खोज्दै भोटिङको समय समाप्त भयो, ज्ञान पनि समाप्त भयो’, उनले भनेकी छन् ।
 

ताजा खबर

सम्बन्धित खबर