
काठमाडौं : जिल्ला समन्वय समिति काठमाडौंले विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी दुईदिने तालिम आयोजना गरेको छ । काठमाडौंका स्थानीय तहका जनप्रतिनिधि, स्वयंसेवक तथा विपद् उद्धारमा चासो राख्ने व्यक्तिहरूका लागी तालिम आयोजना गरेको छ ।
नन्दी माविको सभाहलमा असार ११ र १२ गते विपद् उद्धार तथा व्यवस्थापनसम्बन्धी तालिम हुने छ । शुक्रबार कमलपोखरीमा प्रयोगात्मक अभ्यास गरेर जिल्ला समन्वय समितिको हलमा तालिमका थप कार्यक्रम हुने जिसस काठमाडौंले जनाएको छ ।
सो तालिममा काठमाडौंका स्थानीय तहले सिफरिस गरी पठाएका व्यक्तिहरू सहभागी छन् । दुईदिने तालिमको सहजीकरण तथा समन्वय सशस्त्र प्रहरी बल, नेपाल विपद उद्धार गण सिनामंगलले गरेको छ ।
तालिममा ४५ जना सहभागी छन् । वर्षायाम सुरु भएसँगै हुनसक्ने विपद्का घटनामा उनीहरूले सिकेको सीपलाई आवश्यक उपयोग गरेर विपद् उद्धारमा सहयोग पुर्याउने उद्देश्यले तालिम आयोजना गरिएको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले बताए ।