२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपाले अघि सारेको प्रस्तावमाथि अन्य दलहरूसँग पनि छलफल भएको छ : सोविता गौतम

Nada
२०८३ असार ११ गते १४:४२
Shares
रास्वपाले अघि सारेको प्रस्तावमाथि अन्य दलहरूसँग पनि छलफल भएको छ : सोविता गौतम

काठमाडौँ : कानुनमन्त्री एवं रास्वपा नेतृ सोविता गौतमले शासकीय स्वरूपका विषयमा रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको बताएकी छिन् ।

ncell

बिहीबार रास्वपा महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले शासकीय स्वरूपका विषयमा रास्वपाको प्रस्ताव संविधान संशोधनसँग समेत जोडिएकाले व्यापक छलफलको आवश्यकता रहेको भन्दै प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको बताइन् । गौतमले आफूहरूको प्रस्तावमाथि छलफल भएर कहाँसम्म गएर सहमति हुन्छ भन्ने कुरामा निर्भर हुने उल्लेख गरिन् ।

त्यस्तै, गौतमले तीन दिनका लागि निर्धारित पार्टीको महाधिवेशन लम्बिएका कारण पदाधिकारीको निर्वाचनपछि बिहीबार नै सम्पन्न गर्ने तयारी रहेको बताइन् । 

ताजा खबर

सम्बन्धित खबर