काठमाडौं : वैदेशिक रोजगार विभागले केही वैदेशिक रोजगार अभिमुखीकरण संस्थाले आफ्नो अनुगमनको कार्यलाई असहयोग तथा बाधा पुर्याएको भन्दै कारबाहीको चेतावनी दिएको छ ।
विभागले बिहीबार एक सूचना जारी गर्दै अनुगमनका लागि विभागले ९८५१३३४१०६ नम्बरको मोबाईल, ह्वाट्स एप र भाइबरबाट अभिमुखीकरण कक्षा सञ्चालन भइरहेको दृश्य देखाउन अनुरोध गर्दासमेत केही अभिमुखीकरण संस्थाका सञ्चालकहरूबाट विभिन्न कारण देखाई कक्षा सञ्चालनको दृश्य नदेखाउने, फोन कल रिसिभ नगर्ने जस्ता कार्य गरेर विभागलाई असहयोग गरी अनुगमनको कार्यलाई प्रभावित पार्ने गरेकोे र त्यसप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
विभागले अनुगमनको कार्यलाई प्रभावित पारेमा अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ बमोजिम कारबाही हुने समेत चेतावनी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies