२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मध्यान्हमा प्रेस काउन्सिलको अनुगमन छलफल

Nada
२०८३ असार १२ गते ०६:२०
Shares
मध्यान्हमा प्रेस काउन्सिलको अनुगमन छलफल

काठमाडौं : प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको कार्यान्वयन र सम्पादकीय अभ्यासबारे बिहीबार मध्यान्हकर्मीसँग छलफल गरेको छ । 

ncell

सञ्चारमाध्यमहरुमा स्वनियमन र स्वमूल्यांकनसम्बन्धी आन्तरिक आचारसंहिताबारे अनुगमन गर्ने क्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल नेतृत्वको टोलीले मध्यान्ह राष्ट्रिय दैनिकको कार्यालय अवलोकन गरेको हो ।

सो अवसरमा प्रकाशक सीतादेवी श्रेष्ठ, प्रधान सम्पादक मदनकुमार श्रेष्ठ, सम्पादक जनक नेपाललगायत मध्यान्हकर्मीहरुसँग छलफलसमेत गरिएको छ । नक्सालस्थित मध्यान्ह कार्यालयमा काउन्सिल टोलीले आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सम्पादकीय अभ्यासबारे चासो राखेको थियो । 

काउन्सिल टोलीलाई स्वागत गर्दै प्रकाशक श्रेष्ठले यस्ता अनुगमनले सञ्चारमाध्यमलाई हौसला मिल्ने बताइन् । प्रधान सम्पादक श्रेष्ठले मध्यान्हले पत्रकार आचारसंहिताको पूर्ण पालना गरिरहेको बताए । उनले छापा माध्यमहरुले अहिले सबैभन्दा धेरै चुनौतीको सामना गर्नुपरेको उल्लेख गर्दै उनले भने, ‘चुनौतीलाई अवसरमा बदल्ने हाम्रो प्रयत्न जारी छ ।’ त्यस्तै, सम्पादक नेपालले छापा, अनलाइन र मल्टिमिडियाको एकिकृत न्युजरुपको अभ्यास अघि बढाएको जनाए ।

काउन्सिलका मुख्य अधिकृत भुसालले मध्यान्ह दैनिकको समाचार कक्ष, सम्पादकीय अभ्यास र व्यवस्थापनको प्रशंसा गर्दै बदलिएको परिस्थिति अनुकुल सञ्चारमाध्यमलाई परिस्कृत गर्दै लैजानुपर्ने सुझाव दिए । अनुगमन टोलीमा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत तथा वितरण सम्परीक्षण समितिका सचिव दीपक खनाल, शाखा अधिकृत विष्णु शर्मा लम्साल तथा सहायक (पाँचौं) हजारी सिंह महताको उपस्थिति थियो ।

सो अवसरमा काउन्सिलले मध्यान्हलाई पत्रकार आचारसंहिता र विभिन्न प्रकाशनहरू प्रदान गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर