२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपा पदाधिकारीका लागि मतदान जारी

Nada
२०८३ असार १२ गते १४:२१
Shares
रास्वपा पदाधिकारीका लागि मतदान जारी

काठमाडौँ : रास्वपाको पदाधिकारी छान्न मतदान सुरु भएको छ। चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि दोस्रो चरणमा निर्वाचन भएको हो ।

ncell

रास्वपाको उपसभापतिका लागि सोविता गौतम र तोसिमा कार्की मैदानमा छन् । यस्तै, महामन्त्रीमा विपिन आचार्य, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल मैदानमा छन् ।

यस्तैगरी, सहमहामन्त्री पुरुषका लागि प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त रहेका छन् ।

महिला सहमहामन्त्रीको काटोमा जुली यादव विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर