इस्लामाबाद : दक्षिणपश्चिम पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । एक महिनाको अवधिमा यो दोस्रो हवाई दुर्घटना हो ।अफगानिस्तान र इरानको सीमा जोडिएको बलुचिस्तान प्रान्तको सानो सहर खोस्ट नजिकै हेलिकप्टर खसेको थियो ।
‘उडान मिसनमा रहेको हेलिकप्टर आइतबार राति ढिलो दुर्घटनामा परेको थियो । दुर्घटनामा सेनाका दुई मेजर (दुवै पाइलट) सहित छ जना कर्मचारीले शहादत प्राप्त गरेका छन्’ सेनाले एक विज्ञप्तिमा भनेका छन् ।
दुर्घटनाको बारेमा थप विवरण दिइएको छैन् । हेलिकोप्टर खसेको क्षेत्र बाढीबाट प्रभावित छैन । अगस्टमा बलुचिस्तानमा हेलिकोप्टर दुर्घटना हुँदा सेनाका उच्च कमान्डरसहित ६ जनाको मृत्यु भएको थियो । एजेन्सी
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies