२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

नेपाली कांग्रेसको अभियान तीव्र : भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली

Nada
२०८३ असार १३ गते १९:४८
Shares
नेपाली कांग्रेसको अभियान तीव्र : भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली

काठमाडौं : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ । यसै क्रममा पार्टीका सह–महामन्त्री डा. डिला संग्रौलाको नेतृत्वमा रहेको केन्द्रीय टोली यतिबेला पूर्वी पहाडी जिल्लाहरू भोजपुर र संखुवासभामा बृहत् अन्तरसंवाद कार्यक्रममा जुटेको छ ।

ncell

अभियानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय दिपेन श्रेष्ठ र  सुरेश सुब्बा लगायतका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ । अन्तरसंवादका क्रममा सह–महामन्त्री संग्रौलाले भनिन्, 'जनता हामीसँग केही कुरामा रिसाएका छन्, तर उनीहरूमा अझै कांग्रेसप्रति आशा र भरोसा मरेको छैन । त्यो आशा र भरोसालाई पुनर्जागृत गर्नु र विशेषगरी युवा तथा महिलालाई नेतृत्वको अग्रभागमा ल्याउनु नै हाम्रो मुख्य संकल्प हो ।'

पार्टीको आन्तरिक संगठन सुदृढीकरणका साथै राष्ट्रिय राजनीति र सरकारका हालैका गतिविधिहरूमाथि पनि अभियानमा व्यापक छलफल भइरहेको छ । संसद्मा पछिल्लो समय देखा परेका कतिपय विवादास्पद विषयहरू, जस्तै भ्रष्टाचारको आरोप लागेका सांसदहरूलाई निलम्बन नगर्ने जस्ता कदमहरूका विरुद्ध कांग्रेसले सुशासनको बलियो मुद्दा उठाएको छ । सरकारका जनविरोधी क्रियाकलाप र राष्ट्रियताका संवेदनशिल इस्युहरूबारे जनतालाई स्पष्ट पार्दै सचेत गराउने कार्य यस अभियानको प्राथमिकतामा रहेको नेताहरूले बताएका छन् ।

कांग्रेस नेतृत्वको यो टोलीले पार्टीभित्रै व्यापक रूपान्तरणको खाँचो औंल्याएको छ । जनताको गुनासो सम्बोधन गर्दै संगठनभित्र जिम्मेवारीको न्यायोचित बाँडफाँट र नयाँ पुस्ताको आकर्षण बढाउन युवा तथा महिलाहरूलाई अगाडि सार्नुपर्ने आवाज उठाइएको छ ।

भोजपुर र संखुवासभाका स्थानीय नेता, कार्यकर्ता तथा आम नागरिकसँगको अन्तरसंवादले पार्टीमा नयाँ ऊर्जा थपेको र आगामी दिनमा कांग्रेस नागरिकको थप नजिक पुग्ने विश्वास व्यक्त गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर